अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–१ र ६ मा खानेपानी वितरण गर्दै आईरहेको बडेडा बिजौरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा नयाँ नेतृत्व चयनका लागि भोलि ९शनिबार० निर्वाचन हुने भएको छ ।
सो निर्वाचनमा ५ जनाले अध्यक्षमा दाबेदारी पेस गरेका छन् । जसमा चेतराज पन्त, मान बहादुर बलायर, बल बहादुर चौधरी, रमेश प्रसाद भट्ट र रमेश बलायर रहेका छन् । समितिको उपाध्यक्षका लागि ३ जना, सचिव र कोषाध्यक्षका लागि २–२ जना तथा ७ जना सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको छ ।
समितिका ११ पदका लागि २३ जनाले उम्मेदवारी दिएका छन । उक्त खानेपानीका ६०९ उपभोक्ता तथा मतदाता रहेका छन ।