धनगढी- कैलालीमा एक जनाको अटोमा आगलागी भएको छ।
जिल्लाको गोदावरी नगरपालिका–५ गेटाका सुरेश बोहराको अटोमा आगलागी भएको हो। आफ्नै होटेल अगाडि पार्किङ गरी राखेको से १ ह २५१२ नम्बरको अटोमा बुधवार राति आगलागी हुँदा अटो पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।