अत्तरिया – कञ्चनपुरको एक कन्स्ट्रक्सन प्रालिमा आगलागी हुँदा १ करोडको क्षति भएको छ । बिहीबार बिहान करिब ३ बजेको समयमा बेदकोट नगरपालिका – ६ मुसेपानी स्थित हर्क मल्लले सञ्चालन गरेको भवानी कालीका कन्स्ट्रक्सन प्रालिको गोदाममा बिद्युतको तार सर्ट भई आगलागी हुँदा उक्त क्षति भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
आगलागीबाट गोदाममा रहेका सिमेन्ट, प्लाइबोर्ड, रबर सिल, टायल, क्रसर पट्टा, इन्जिन वयल, डिजेल, पेट्रोल, टायर, सेप्टी फ्रेम, जोईन्ट फिलर, ह्याबी ग्रिस ड्रम , हाईड्रोलीक लिटर ड्रम लगायतका सामानहरू जलेर नष्ट भएका छन् । आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया दिनुहोस