बाजुरा – बाजुरामा ७ हजार ८९४ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । माघ २२ देखि २८ गतेसम्म चार नगरपालिका र पाँच गाउँपालिकामा सञ्चालन हुने अभियानमार्फत कक्षा ६ देखि १० सम्मका तथा १०–१४ वर्ष उमेर समूहका किशोरीलाई खोप दिइने भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार ११८ विद्यालय र ९१ खोप केन्द्रबाट खोप दिइनेछ । अभियानमा २१० स्वास्थ्यकर्मी र ४१८ स्वयंसेवक खटाइने जनाइएको छ । सरकारको माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय अभियानमा बाजुराले १००५ लक्ष्य पूरा गर्ने लक्ष्य राखेको छ ।