अत्तरिया – कैलालीमा ट्राफिक प्रहरीले सवारी साधनमा रिफ्लेक्ट स्टिकर टाँसेको छ । कम भिजिबिलिटीमा टाइट स्पष्ट नदेखिने भएकाले सवारी साधनमा रिफ्लेक्ट स्टिकर टाँसिएको हो ।
सडक सुरक्षा कार्यक्रम अन्तरगत अस्थायी ट्राफिक प्रहरी पोस्ट सत्ती र सहुलियाको आयोजनामा रिफ्लेक्ट स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जसअन्तर्गत ट्याक्टर, जिप, डल्लफ, अटोरिक्सा लगायतका सवारी साधनमा रिफ्लेक्ट स्टिकर टाँसिएको थियो ।