महेन्द्रनगर १३ का चन्द्र सुर्य युवा समाज द्वारा पाँच महिना पहिले देखि एम्बुलेन्स खरिद अभियान सुरु गरेका थिए । बिगत लामो समय देखि सास्ती खेप्दै आएका स्थानीय बासिन्दाले सार्वजनिक सवारी साधन समेत नआउने यस ठाउँमा मुन्द्रे यातायात भनिने ब्यक्ति हरु ले मोटरसाइकल मा सवारी बोक्दै आएका र हाल बल्लतल्ल अटो रिक्सा संचालन मा रहेको यस ठाउँमा एम्बुलेन्स अभाव का कारण मोटरसाइकल मा लैजादा लैजादै मोटरसाइकल मा नै प्रसुति हुने तथा बिरामीलाइ अस्पताल पुर्याउन समेत गाह्रो हुने भइरहेको बारे चन्द्र सुर्य युवा समाज का सह सचिव केशव दत्त भट्ट ले बताउनु भएको छ। स्थानीय का स्वास्थ्य सम्बन्धी समस्या लाई मध्य नजर गर्दै यस चन्द्र सुर्य युवा समाज ले कसैलाई करकाब नगरि स्व ईच्छा ले चन्द्र सुर्य युवा समाज महेन्द्रनगर ले एम्बुलेन्स खरिद अभियान मा मेरो रु.१०००अभियान संचालन गरिएको कुरा चन्द्र सुर्य युवा समाज महेन्द्रनगर का प्रस्तावक तथा संस्थापक सदस्य प्रकाश थापा ले बताउनु भएको छ। उक्त अभियान मा बङ्लादेश का ब्यक्ति खलिल उद्दिन ले आर्थिक सहयोग प्रदान गरेका छन । साथै देश बिदेशमा रहनु हुने सहयोगी मन भएका ब्यक्तिहरु ( नरेन्द्र नाथ अस्ट्रेलिया, हेमन्त कलौनी कतार ,कबिता बिष्ट डेनमार्क, मनोज भट्ट कुवेत,भरत कठायत दुबई, हरिष बिष्ट अस्ट्रेलिया, महेन्द्र भण्डारी लन्डन ,ललित बिष्ट,जनक बिष्ट कुवेत अन्य धेरै ब्यक्ति ले बिदेश बाट सहयोग गरेको त्यस्तै स्थानीय ब्यक्ति र देशका बिभिन्न ठाउँ बाट आर्थिक सहयोग दिइ रहेको बारे चन्द्र सुर्य युवा समाज का सह सचिव केशव दत्त भट्ट ले बताउनु भएको छ । कञ्चनपु्रको महेन्द्रनगर नगरपालिका १३ चन्द्र सुर्य युवा समाज ले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमित भएकाहरुका लागि एम्बुलेन्स खरिद गर्न भन्दै चलाएको अभियान लाई बिभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका हुन् । उनले सो रकम विद्युतिय सेवा मार्फत चन्द्र सुर्य युवा समाजलाई हस्तान्तरण गरेका हुन ।
एम्बुलेन्स अभावमा अस्पतालका जान विरामीहरुलाई केही राहात होस् भन्ने उद्देश्यले सहयोग गरिएको उनहरुले बताएका छन । यो महामारीमा सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने समेत बताएका छन। सस्थापक थापा ले कञ्चनपुरमा जारी लकडाउनको नियम हामी सबैले पालना गर्नुपर्ने बताए । भने यस्तो महामारीको समयमा अत्यावश्यक बाहेक कसैले पनि घर बाहिर नगए हामी कोरोनालाई सहजै परास्त गर्न सक्छौ ।उनले कोरोना सङ्क्रमितहरु लाई एम्बुलेन्स अभावको समेत समस्या भईरहेको प्रती दुःख समेत व्यक्त गरेका छन् । पछिल्लो समय एम्बुलेन्स तथा अक्सिजन खरिदका लागि विभिन्न व्यक्तिहरुले सहयोग गरिरहेका बारे चन्द्र सुर्य युवा समाज महेन्द्रनगर का सस्थापक सदस्य प्रकाश थापा ले बताउनु भएको छ।
महेन्द्रनगरमा एम्बुलेन्स खरिदका लागि बङ्लादेशबाट सहयोग
महेन्द्रनगरमा एम्बुलेन्स खरिदका लागि बङ्लादेशबाट सहयोग
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु