दार्चुला- दार्चुलाको एक विद्यालयमा विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको छ । प्रगतिशील जोशी समाजद्वारा दुहुँ गाउँपालिकास्थित दुर्गास्थान आधारभूत विद्यालय खेतीमा अध्ययनरत विद्यार्थीहरुलाई आर्थिक सहयोग तथा पोसाक वितरण गरिएको हो ।
आइतबार विद्यालयमै पुगेर २२ जना विद्यार्थीलाई पोसाक वितरण गरिएको समाजका अध्यक्ष वीरेन्द्रराज जोशीले बताए । देश तथा विदेशबाट संकलन भएको ४७ हजार ४४४ रुपैयाँबाट सहयोग गरिएको जनाइएको छ ।