धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ आदर्श चोक, धनगढी–१२ बिर्याघाट र भजनी नगरपालिका–७ पुरैना ताल जाने बाटोबाट अवैध रुपमा भारतबाट भन्सार छलीगरि ल्याएका ७२ हजार ७४० मूल्य समान प्रहरीले बरामद गरेको छ।
उक्त मूल्य बराबरको प्याज,बिडी, पानीपुरी, सिगडा, प्लाष्टिक झिल्ली, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको जनाएको छ।