काठमाण्डौं – पाँच दिनदेखि सुनले दिनहुँ महँगो मूल्यको नयाँ– नयाँ कीर्तिमान कायम गरिरहेको छ। गएको बुधबार, बिहीबार, शुक्रबार र आइतबार लगातार बढेको सुनको मूल्यले आज फेरि हालसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेर एक लाख ६५ हजार ६ सय निर्धारण भएको छ। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो। हिजो सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार थियो।
शुक्रबारको मूल्यमा ६ सय वृद्धि भएर आइतबार सुन तोलामा १ लाख ६५ हजार पुगेको थियो। शुक्रबार सुन तोलको एक लाख ६४ हजार चारसय थियो।