राज बोगटी धनगढी –सुदूरपश्चिम सांस्कृतिक महोत्सवमा आज समीक्षा अधिकारीको बेजोड प्रस्तुति रहने भएको छ। धनगढीको खुल्ला मञ्चमा राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशले आयोजना गरेको सांस्कृतिक महोत्सवको आज तेस्रो दिन हो।
महोत्सवमा आज शनिबार राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने गणेश ओझाले बताए।
धनगढीको खुला मञ्चमा आयोजना भएको सांस्कृतिक महोत्सवमा असोज ४ गते टेक र आशिष महरले प्रस्तुति राखेका थिए।
असोज ३ गतेदेखि सुरु भएको महोत्सव असोज ८ गतेसम्म सञ्चालन हुने छ।