काठमाडौँ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार ४ बजेसम्मको तथ्याङ्क अनुसार देशभर एक लाख ७ हजार ८२ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
यसैगरी संस्थागत आइसोलेसनमा ७ हजार ४४७ संक्रमित रहेका छन् भने एक हजार ५९० संक्रमितको आई.सी.युमा र ३९० जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ४७ हजार ८४४ रहेको छ भने सबै भन्दा कम कर्णाली प्रदेशमा ४ हजार ७३३ रहेको छ । बागमतीमा २ हजार ४६८ संक्रमित संस्थागत आइसोलेसनमा, ७९१ जना आई।सी।युमा र २४४ जना भेन्टिलेटरमा रहेका छन् । यसैगरी कर्णाली प्रदेशमा ७ जना भेन्टिलेटरमा, ८२ जना आई।सी।युमा र ४३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।