अत्तरिया – कञ्चनपुरमा मोटरसाइकलसहित अवैध सामान फेला परेको छ । इलाका प्रहरी कार्यालय बेलौरीले अन्दाजी १ लाख ८६ हजार रुपैयाँको सामान फेला पारेको हो ।
मे२प ८२६३ नम्बरको मोटरसाइकल र भन्सार छलीको सामान बिडी, पेय पदार्थ, सुर्ती फेला पारी आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको प्रहरीले बताएको छ ।