काठमाडौं-भारतमा आफ्नै कोठामा श्रीमान् र बच्चाहरुसँग सुतिरहेकी महिलाको बलात्कार भएको छ ।यो घटना भारतको मध्य प्रदेशको रीवाको हो । पिडित महिला एउटै कोठामा आफ्ना दुई छोरा र पतिसँग थिइन् ।
‘निकै नै रात भएकाले अध्यारो थियो । कोठामा श्रीमान् र बच्चा मात्रै थिए । श्रीमान् भनेर मैले केही गरिन तर केही समय पछि थाँहा भयो । श्रीमान् होइनन् भन्ने कुरा’ पीडित महिलाले भनिन् ।
पिडित महिलाको बयान अनुसार पहिले त उनलाई आफ्ने श्रिमान जस्तो लागेको थियो पछि श्रीमान् होइन भन्ने थाँहा भएपछि उनी चिच्याएकी थिइन् । उनको आवाजले श्रीमान उठे र ति व्यक्तीलाई समात्न खोजे तर ति व्यक्ती झ्यालबाट हामफालेर बाहिर भागे ।
घटना बारे प्रहरीले थप अनुसन्धान शुरु गरिसकेको बताएको छ ।
घटना बारे अनुसन्धान गर्न महिलाप्रहरीलाई जिम्मा दिइएको छ । उक्त महिलाको अहिले मेडिकर उपचार भइरहेको छ ।