बैतडी — कोरोनाको दोस्रो लहरबाट जिल्लामा अहिलेसम्म ४६ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अघिल्लो लहरमा जम्मा पाँच जना संक्रमित थिए ।
पाटन नगरपालिकामा गत वर्ष एक स्वास्थ्यकर्मीलाई पनि कोरोना भएको थिएन । अहिले त्यहाँ १३ संक्रमित भइसकेका छन् । तीमध्ये केही निको भएका र केही संक्रमित नै रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।
संक्रमित स्वास्थ्यकर्मीलाई आइसोलेसनमै राखिएको छ । स्वास्थ्यकर्मी आइसोलेसन बस्दा नियमित खोप सेवा, बिरामी जाँचसँगै सुत्केरी सेवा प्रभावित भए पनि उपलब्ध जनशक्तिले काम चलाइरहेको उनको भनाइ थियो । यसपटक जिल्लाको सबै क्षेत्रमा संक्रमण फैलिएकाले स्वास्थ्यकर्मी पनि यसको चपेटामा परेको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताए ।