सिलगडी जेल भयो,खप्तड चिनारी,भैसाकी गोठाली जस्ता दर्जनौ चर्चित गितहरुमा अभिनय गरेकी सुदूरपश्चिम की मोडेल अनु खड्काले दृष्टि फाउण्डेसनमा भोजन सेवा गरेकी छन् ।
उनले साउन ६ गते परेको आप्नो जन्मदिनको अवसरमा धनगढी १३ कैलाली गाउँको दृष्टि फाउण्डेसनमा रहेका अनाथ बालबालिका तथा बेसाहरा महिलाहरुलाई भोजन गराएकी हुन् ।
गरिब,दुखी,बेसाहारा तथा विभिन्न पिडामा परेका मानिसहरुलाई सहयोग गर्दै आएकी मोडेल खड्काले फाउण्डेसनमा रहेका ५० जना बेसाहरा महिला र १५ जना बालबालिकालाई विहानको भोजन गराएकी हुन् ।
पछिल्लो समय युवा युवतीहरुले होटेल,रेष्टुरेण्ट,पार्क,पार्टिप्यालेसमा तामझाम सहित आनावश्यक खर्च गर्दै जन्म दिन मनाउने प्रचलन चलेको समयमा मोडेल अनु खड्काले भने अनाथ तथा बेसाहारा महिलालाई भोजन गराउँदै जन्मदिन मनाएकी हुन् ।
जन्म दिनमा गरिब,दुखि,अनाथ,बेसाहाराहरुलाई सहयोग गर्न पाउँदा मनमा शान्ती र खुसी मिल्ने भएकाले दृष्टि फाउण्डेसनमा सहयोग गरेको मोडेल खड्काको भनाई छ ।
उनले सबैलाई धेरै धन भएर मात्र नभई ठूलो मन गरेर विशेष दिनहरुमा दुखि,गरिब,असाह्यलाई सक्दो सहयोग गर्न आग्रह गरिन् ।
६५ जना अनाथ तथा बेसाहारा बालबालिका र महिलाको अभिभावकत्त ग्रहण गर्दै आएको दृष्टि फाउण्डेसनले जन्मदिन,विबाह बन्धन जस्ता विभिन्न कार्यहरुमा सहयोग गर्ने दाताहरुको सहयोगमा संचालन भइरहेको दृष्टि फाउण्डेसनकी संचालक कल्पना भट्टले जानकारी दिइन् ।