ीकैलालीको धनगढी उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना भएको छ।
धनगढी–८ क्याम्पस चोक पेट्रोल पम्प नजिक शुक्रवार सुदूरपश्चिम प्रदेश ०२००४ प २९८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको हो।
उक्त दुर्घटनामा मोटरसाइकल चालक २८ वर्षीय नरेन्द्र राना घाइते भएका छन्। घाइते रानाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।