चर्चित मोडल अनु खड्काले अभिनय गरेको झल्का तिलहरी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।चौतारी म्युजिकको युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा मोडल अनु खड्का, र जनक सरगमले अभिनय गरेका छन् ।
गीतमा हेमराज जोशी र मनिसा सुनारको स्वर रहेको छ । म्युजिक भिडियोको निर्देशन रमेश बिजुली बिसिले गरेका छन् ।
म्युजिक भिडियो सार्वजनिक भए सँगै मोडल अनु खड्काले दर्शकको लामो समयदेखि प्रतीक्षा गरिरहेको म्युजिक भिडियो सार्वजनिक हुँदा खुसी लागेको बताइन् । गीतको भिडियो हेरेर प्रतिक्रिया दिन मोडल खड्काले आग्रह गरेकी छिन् ।
मोडल खड्का स्टाफ नर्स समेत हुन् । उनले अभिनय गरेका तीन दर्जन म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् ।